काठमाडाै। सरकारले मंसिर १६ गते रिक्त स्थानीय तहको उपनिर्वाचन गर्ने भएको छ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिएका हुन् ।
आज दिउँसो मात्रै निर्वाचन आयोगले मंसिर १६ गते उपनिर्वाचन गर्नेगरि मिती तोक्न प्रधानमन्त्रीलाई सुझाव दिएको थियो ।
स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचन गर्नुपर्ने भएको छ ।