मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बोलीवचन र भाषण आदिमा प्रशंसा मिल्नेछ। पेसा र व्यवसायबाट लाभ हुनेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ। सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। पुरानो समस्या सुल्झाउन सकिने र रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। कार्य सम्पादनमा सहजता र लाभ पनि मिल्नेछ परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। आजको प्रयत्न निष्फल जस्तै होला। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। अनावश्यक झमेलामा परिएला। धेरै प्रयत्न गरे मात्र गरेको कमबाट फाइदा लिन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुखद् यात्राको योग पनि छ। जिम्मेवारी बढ्न सक्ने समय आएको छ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। वैदेशिक कार्य पनि अघि बढ्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। धार्मिक तथा समाज सेवामा मन लाग्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ। घुमफिर र भ्रमणमा दिन बित्नेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। वित्तिय संस्था र मङ्गल कार्यको योग छ र सन्तान सुख पनि मिल्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिन घरमै मनोरञ्जनपूर्ण रहला। युक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। घरमा अतिथिको आगमन पनि हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कडा परिश्रम व्यर्थै खेर जान सक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला। वैदेशिक क्षेत्र पनि कमजोर रहनेछ, तर जनताको गतिलो समर्थन पनि मिल्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका काम पुनः सुरु हुन सक्छन्। शेयर बजारको लगानीले पनि राम्रै फाइदा देला। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पारिवारिक समस्या आइपर्ला। घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ। सामाजिक कार्य अघि बढ्नेछ। दाजुभाइ तथा दिदीबहिनीले तपाईंको विचारलाई समर्थन गर्नेछन्। व्यवसायका लागि यात्राको सम्भावना पनि छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
गोपनीय ढङ्गले गरिएको कार्यमा सफलता मिल्न सक्छ। सामाजिक पदप्रतिष्ठा समेत प्राप्त हुने देखिन्छ। चलाखी पूर्ण बोलीले काम बन्ला। नजिकको मित्रसँग भेटघाट हुनेछ, तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
यो राशि भएकाहरूका लागि दिनहरू सामान्य रहने छ। भाग्य बलमा कमी भएको आभास गर्नु हुनेछ। एउटै कामलाई दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्नसक्छ। योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सेयरबजारबाट राम्रै लाभ हुनसक्छ, शुभ समाचार सुन्न पाइएला, तर वैदेशिक कामकाजहरू भने कमजोर नै रहला। आज चुनौती चिर्दै काम बनाउन सकिनेछ।