सामाजिक सद्भाव, एकता र भातृत्वको सन्देश दिँदै सकियो गुल्मी वलेटक्सार-काठमाडौ समाजको भेला 

काठमाडौ । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर  ४ स्थायी घर भई हाल विभिन्न पेसा र व्यावसायको सिलसिलामा काठमाण्डौ उपत्यकाभित्र स्थायी वा अस्थायी रुपमा बसोवास गर्दै आएका व्याक्तिहरूले बनाएको गुल्मी बलेटक्सार- काठमाडौ समाजको बृहत् भेला सम्पन्न भएको छ ।

शनिवार शंखमुलको एआईए स्कूलमा सम्पन्न सो भेलाले आपसी भाइचाराको बिकास र पारस्परिक सहयोगको माध्यमबाट आत्मीय सम्बन्धलाई थप सुदृढ बनाउँन, जन्मभूमिप्रतिको कर्तव्य वोध गर्दै सामाजिक, सांस्कृतिक पक्षको संरक्षण र संबर्द्धन  तथा समुदायका वीचमा आपसी सहयोग, सहकार्य र समन्वय वृद्धि गर्ने र उक्त क्षेत्रको आर्थिक तथा सामाजिक बिकासमा समेत सहयोग पुर्याउने बताइएको छ ।

उक्त भेलामा असी वर्ष भन्दा माथि उमेर समूहका १० जना  ज्येष्ठ आमा वुवालाई सुस्वास्थ्य तथा दीर्घजीवनको कामना गर्दै सम्मान समेत गरेको छ । ज्येष्ठ अभिभावकहरुको तर्फवाट ८५ वर्षिय पशुपति ज्ञवालीले सो भेलालाई सम्बोधन गरेका थिए । उनले ज्येष्ठ नागरिकहरुले गरेको योगदानलाई स्मरण गर्न आव्हान गर्दै  असल संस्कारको विकास र रोजगार सृजना गरी युवाहरुलाई विदेश पलायन हुनवाट रोक्न समेत सुझाव दिएका थिए ।


नारायण प्रसाद ज्ञवालीको अध्यक्षतामा भएको उक्त भेलाको प्रमुख अतिथि नेपाल सरकारका पूर्व मन्त्री एवं समाजका सल्लाहकार प्रदीप कुमार ज्ञवाली रहेका थिए । बलेटक्सार प्रदीप ज्ञवालीको गृह वडा पनि हो ।

साथै सो भेलामा नेपाल सरकारका सचिवद्वय रविलाल पन्थ तथा महादेव पन्थ लगायत दर्जनौ विशिष्ट व्याक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रमका संचालक समाजका सहसचिव एबं समता कलेजका प्रमुख भीष्म ज्ञवालीले जानकारी दिए ।

भेलाले नारायणप्रसाद ज्ञवालीको  अध्यक्षतामा १५ सदस्सीय कार्यसमिति र १२ सदस्सीय सल्लाहकार समितिको चयन गरेको छ ।
भेलाले समाजले हालसम्म सम्पादन गरेका कार्यहरुको आर्थिक तथा सांगठानिक प्रतिवेदन तथा समाजको विधान समेत अनुमोदन गरेको छ।

यसप्रकारका भेलाले जन्मभूमि प्रतिको कर्तव्यवोधका साथै सामाजिक सद्भाव, एकता र भातृत्वको भावना विकास गर्न प्रेरणा प्रदान गरेको अध्यक्ष ज्ञवालीले बताए ।

adb bank long