सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको एक विद्यालयले पठनपाठन नै ठप्प गरी प्रदेश सांसदको छोरीको बिबाहमा सहभागी हुन पुगेका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्वर ७ मा रहेको सिद्धि गणेश माध्यमिक विद्यालयले बागमती प्रदेशका सांसद युवराज दुलालको छोरीको बिबाह समारोहमा जान विद्यालय नै बन्द गराएका हुन् ।
शुक्रबार सांसद दुलालको छोरीको बैबाहिक कार्यक्रम भक्तपुरको एक पार्टी प्यालेसमा सम्पन्न भएको थियो । सोही कार्यक्रममा अधिकांश शिक्षक सहभागी हुने भएपछि विद्यालय विदा गराईएको स्रोतले जानकारि दिएको छ ।
सिद्धि गणेश चौतारा साँगाचोकगढी नगरपालिकाको नमुना विद्यालयको रुपमा दर्ज छ । विद्यालयले भर्खरै सम्पन्न तीज विदामा पठनपाठन गराई शुक्रवार विदा दिएको जनाएको छ । तर यसो भनिएता पनि विद्यालय बन्द गराउनुको कारण भने विवाह भोजमा जानकै लागि भएको स्रोतको दावी ।
दुलाल सोही विद्यालय क्षेत्रका प्रदेश सांसद हुन् । सांसद दुलाल यसअघि भौैतिक तथा योजना र सामाजिक विकास मन्त्रीको रुपमा रहेका थिए ।