बाग्लुङमा सरकारी जीप दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्ष र उनकी आमा सहित ३ को मृत्यु

बाग्लुङ । बागलुङमा सरकारी नम्बर प्लेटको जीप दुर्घटना हुँदा गाँउपालिकाकी उपाध्यक्षसहित उनकी आमा र अर्का एक पुरूषको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार रा १ झ २०० नम्बरको सरकारी जीप आज बिहान बाग्लुङ जिल्लाको गलकोट–२ भुङ्खानीमा सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।

जीप दुर्घटनामा रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी ३३ बर्षीया उपाध्यक्ष भुपेन्द्रा बुढा, उनकी आमा ६१ वर्षीया गोपीमाया बुढा तथा अर्का एक पुरुषको समेत मृत्यु भएको छ ।

उक्त जीपमा पुथाउत्तरगङ्गा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार थिए । उपाध्यक्ष बुढा केही दिनअघि आमालाई लिएर काठमाडाै‌ गएको जानकारी पाएको प्रहरीले बताएको छ । दुर्घटनास्थलमा परिचयपत्र फेला परेपछि मात्र उपाध्यक्ष बुढा परेको खुलेको थियो ।

तीनै जनाको घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घटनास्थलबाट एक घाइतेलाई उद्धार गरी उपचारका लागि धौलागिरि अस्पताल पठाइएको छ ।

adb bank long