काठमाडौ । बिहीवार बसेको मन्त्रीपरिषद् बैठकले दुई सचिवको सरूवा गरेको छ ।
तथ्याङ्क विभागका प्रमुख तथ्यांक अधिकारी गोकर्णमणि दुवाडीलाई गृह सचिव बनाइए सँगै सरकारले वाणिज्य मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीलाई तथ्याङ्क कार्यालयको प्रमुखको रूपमा सरुवा गरेको छ । बाणिज्य मन्त्रालयमा केही दिन अघि मात्रै सचिवमा बढुवा भएका सचिव गोविन्दबहादुर कार्कीलाई ल्याएको छ ।
बुर्लाकोटी १४ साउनमा प्राकृतिक स्रोत तथा वित्त आयोगबाट वाणिज्यमा सरूवा भएका थिए । बढुवा भएसँगै प्रदेश प्रमुख सचिवमा पदस्थापन भएका कार्की केही दिनमै संघीय मन्त्रालयको सचिवमा आएका हुन् ।
कार्की भदौ २० गतेको मन्त्रीपरिषद् बैठकबाट सचिव बढुवा भएका थिए । सामान्यतय प्रदेश प्रमुख सचिव बसेको लामो अबधि भएकालाई मन्त्रालयको जिम्मा दिने चलन छ । तर कार्की एकहप्ता मै मन्त्रालय आउनुलाई आश्चर्यजनक मानिएको छ ।