काठमाडौ । सिन्धुपाल्चोक जिल्लाको नेकपा एमाले चौतारा साँगाचोकगढी नगर कमिटीले आयोजना गरेको बृहत पार्टी प्रवेश तथा जागरण अभियान कार्यक्रममा बोल्दै नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले आगामी निर्वाचनमा माओवादी पार्टीसँग सहकार्य नगर्ने बताएका छन् ।
‘एमाले फुटाउने, कहिले यता खेल्ने, कहिले उता खेल्ने प्रचण्डको चरित्र उदाङ्गो भैसकेको छ । अव एमालेले माओवादीलाई बोक्दैन’,–बस्नेतले भने, ‘समुदाय भड्काउने, ध्वंसको राजनीतिवाट माथि नउठ्ने माओवादीको अव कुनै भविष्य छैन ।’
‘हिंसा हिंसा नै हो, कोटिहोम होईन, मान्छे मार्नुलाई हामीले कोटीहोम मान्ने ?’–बस्नेतले प्रश्न गरेका छन् । ‘आज सयौँको संख्यामा माओवादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नुभयो, माओवादी नेता अग्नी र सुवोध सापकोटालाई जनताले नै जवाफ दिनुभयो,’ नेता बस्नेतले भने, –‘माओवादीले आफ्नो अस्तित्व सम्झिएको चौतारामा आफ्नो जनाधार समाप्त गरेको छ, अव माओवादीले कहीँ कतै जित्दैन । एमाले प्रवेश कार्यको यो सुरुवात मात्र हो । ’
माओवादी कै कारण देशको समृद्धिको यात्रा सुस्त वन्न पुगेको बस्नेतले आरोप लगाएका छन् ।
नेकपा एमालेको पहिलो सरकारको जनमुखी कार्यक्रमसँगै एमाले सरकारमा हुँदा सुरु भएका महत्वपूर्ण कार्यक्रमहरु सामाजिक सुरक्षा, भूकम्प पछिको पूननिर्माण, नाकावन्दीको सामाना, स्थानीय विकासमा आफ्नो गाउँ आफै वनाउ, स्थानीय निकायमा वजेटको ब्यवस्थापन, स्वास्थ्य क्षेत्रमा भएका सुधार, सडक संजालमा एमाले सरकारको सकारात्मक सुधारलगायतका कामको जानकारि दिँदै नेता बस्नेतले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समृद्धिको नायक उपमा दिएका छन्।
माओवादीले ध्वंशको राजनीति गरेको, अनेकन तस्करीमा सम्लग्न नभएको बस्नेतको आरोप छ । एमाले कांग्रेसको समिकरणले माओवादीमा ब्यापक छटपटाहट भएको उनको भनाई छ ।
सोही कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रीय सदस्य समृद्धिको यात्रा पूरा गर्न एमाले मात्र विकल्प रहेको बताएका छन् । राष्ट्र निर्माणको लागि एमालेमा आवद्ध हुन अर्का केन्द्रीय सदस्य सुभास कर्माचार्यले आह्वान गरे ।
माओवादी पार्टीमा लागेर आफ्नो, समाजको र देशको हित नहुने धारणा राख्दै एमाले नेता अमानसिंङ तामाङले प्रगतीशील शक्तिलाई एमालेमा आउन आग्रह गरेका छन् । माओवादी नेताहरुको आफ्नै ब्यक्तिगत उन्नती वाहेक कार्यकर्ता र देशलाई कुनै हित नगर्ने माओवादी प्रबृत्तिको चर्को आलोचना गरेका छन् ।