एमाले गुल्मीको तीनदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरू

गुल्मी । नेकपा एमाले जिल्ला कमिटी गुल्मीको आयोजना र ब्यावस्थापनमा तीनदिने जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरू भएको छ ।

जिल्लाको सदरमुकाम तम्घासमा हुने तीनदिने आवासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा जिल्लाका पदाधिकारी र सदस्यगरी १ सय २ जना र प्रदेश कमिटी सदस्य, जिल्लामा उपलब्ध जनसंगठनका केन्द्रीय कमिटी सदस्य गरि जम्मा ११५ जनाले प्रशिक्षण लिँदै छन् ।

सो कार्यक्रमको प्रमुख प्रशिक्षक एमाले उपमहासचिव प्रदीप ज्ञवाली र विशिष्ट प्रशिक्षकमा पार्टी सचिव गोकर्ण बिष्ट रहेका छन्।

अन्य प्रशिक्षकमा एमाले पोलिटब्युरो सदस्य इश्वरी रिजाल, केन्द्रीय कमिटी सदस्यद्वय जंग नेपाली र गणेश खनाल , केन्द्रीय स्कुल विभाग सचिव घनश्याम कोइराला, स्कुल विभाग सदस्य वाई. पी. आचार्य , एमाले लुम्बिनी प्रदेश स्कुल विभाग सहसंयोजक दल बहादुर गुरूङ रहेका छन् ।

पार्टीका सांगठनिक र बैचारिक कार्ययोजना, नीति र नेतृत्व निर्माणमा समेत महत्व राख्ने हुँदा प्रशिक्षण कार्यक्रममा सहभागीहरू उत्साहित भएको जिल्ला कमिटी सदस्यहरूले बताएका छन् ।

adb bank long