तारकेश्वरमा खोलाले बगाएर एक बालक बेपत्ता

काठमाडौ । काठमाडौँको तारकेश्वर नगरपालिका–४ मा खोलाले बगाएर एकजना बालक बेपत्ता भएका छन्।

मंगलबार साँझ लोलाङ तरकारी बजार नजिकैबाट खोलाले बगाउँदा रसुवा घर भएका १२ वर्षीय विमल तामाङ बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौले जानकारी दिएको छ ।

मंगलवार साँझ ६ बजेतिर खोलाले बगाउँदा तामाङ बेपत्ता भएका र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रोटोन एजुकेसन
adb bank long