सय दिनमा गर्ने मध्येका २ वटा काम सकेको संचारमन्त्रीको दावी

Telecom

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सयदिनमा गर्ने काम मध्ये आफुले २ वटा काम सम्पन्न गरेको बताएका छन् ।

सोमबार राष्ट्रिय समाचार समितिको नेपाली भाषाको २४ घण्टे समाचार सेवा प्रारम्भ गर्दै मन्त्री गुरुङले आफूले एक सय दिनमा गर्ने भनेका काम मध्ये २ वटा काम सम्पन्न गरेको जानकारी दिएका हुन् । राससबाट २४ घण्टे समाचार सेवा प्रवाह गर्ने काम त्यस मध्येको एक भएको गुरुङले जानकारी दिएका छन् ।

अर्को प्रसंङ्गमा गुरूङले संघमा रहेका अधिकारीहरूले आफ्नो अधिकार हत्तपत्त तल दिन नचाहँदा संविधानमा व्यवस्था भएको प्रहरी समायोजन लगायतका विभिन्न काम हुन नसकेका बताएका छन्।

त्यसै सन्दर्भमा प्रहरीका प्रमुखहरूले राष्ट्रिय सुरक्षाको कारण प्रहरी समायोजन हुन सक्दै भनि विदेशी समेत सहभागी कार्यक्रममा भनेको विषयलाई लिएर आफूले उनीहरूको त्यसै समय जिब्रो थुत्नु पर्थ्यो भनेर भनेको सुनाएका हुन् । ‘यसले अहिले तरङ्ग पैदा भएर चर्को भएको छ’, गुरुङले भने ।

सो विषयमा आफूलाई प्रधानमन्त्रीले पनि सचेत गराउनुभएको बताउँदै गुरुङले यसबाट आफूले पाठ सिकेको बताएका छन् । यसबाट आफूले बोल्ने कुरामा सचेत हुनु पर्छ भन्ने पाठ सिकेको गुरुङले स्पष्ट पारे । प्रधानमन्त्रीले छोटो बोल्न र भाषाको प्रयोग गर्दा ध्यान दिन आफूलाई सुझाव दिएको बताउँदै गुरुङले अब त्यसै गर्ने बताए ।

adb bank long