जुम्लाको पाटनमा चट्याङ लागेर ५६ भेडा मरे

Telecom

सुर्खेत । जुम्लाको तातोपानी गाउँपालिका-४ स्थित लामाचौर पाटनमा चट्याङ लागेर ५६ भेडा मरेका छन् ।

लामाचौर पाटनमा शनिबार राति चट्याङ पर्दा ५६ वटा भेडा मरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पातरासी-२ तल्फिका ६ जना किसानका ५६ भेडा मरेका हुन् । प्रहरी टोली घटनास्थल गइरहेको र घटनाको पूरै विवरण आइसकेको छैन। स्थानीयका अनुसार अहिलेसम्म ५६ भेडा मरेको जानकारी प्राप्त भएको छ ।

पाटनमा मोबाइल नेटवर्कले काम नगर्ने भएको हुँदा सम्पर्क गर्न समस्या भएको प्रहरीले जनाएको छ । यो पाटनमा गर्मीयाम सुरु भएसँगै पातरासीका किसानहरूले भेडा चराउने गर्छन् ।

गत साउन १५ गते जुम्लाकै तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब एक सय भेडा मरेको प्रहरीले जनाएको छ ।

adb bank long