प्रदेश यातायात मन्त्रालयद्धारा ट्राफिक नियमन उपकरण हस्तान्तरण

चितवन । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले चितवनको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरलाई ट्राफिक नियमन उपकरण हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमकाबीच प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले उक्त उपकरणहरु हस्तान्तरण गरेका हुन्।

मन्त्री महर्जनले राजमार्गमा चल्ने सवारी साधनको स्पिड रिडिङ र भ्वाइस रेकर्डिङसमेत गर्ने लिडार स्ट्रिड गन, ३ वटा व्रेथलाइजरलगायत करिब १५ लाख बराबरको सामग्री उक्त ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खडक बहादुर खत्रीलाई हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्दै मन्त्री महर्जनले सवारी दुर्घटना न्यूनीकरणका लागि हन्तान्तरण गरिएको उपकरण थप सहयोग पुग्ने बताएका छन् । उनले थप सामग्रीको सहयोग गर्ने प्रतिवद्धताका साथेै हस्तान्तरण गरिएको उपकरणको सदुपयोगमार्फत ट्राफिक कार्यालयले सुरक्षाको औचित्य प्रष्ट पार्दै जानुपर्नेमा जोड दिए ।
कार्यक्रममा मन्त्री महर्जनसहित मन्त्रालयका सचिव बलराम निरौला, प्रहरी उपरिक्षक खडक बहादुर खत्री आदिले सम्बोधन गरेका थिए।

हस्तान्तरण कार्यक्रममा प्रदेश यातायात मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलसहित रामनगर ट्राफिक कार्यालयका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्राप्त उपकरणमार्फत राजमार्गको सडक सुरक्षा र सवारी नियमनमा सहयोग पुग्ने ट्राफिक व्यवस्थापन कार्यालय रामनगरले जनाएको छ ।

adb bank long