अब काठमाडौमा १ लिटरको १६ र २० लिटर जारको ४७ रूपैयाँ भन्दा लिन नपाईने !

Telecom

काठमाडौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी नलिन सचेत गराएको छ ।योसंगै अब १ लिटरको बोतलको १६ रूपैयाँ र २० लिटरको जारको ४७ रूपैयाँ भन्दा बढी लिन नपाईने भएको छ ।

काठमाडौं उपत्यकाभित्र खानेपानी १ लिटर बोतलको १६ रुपैयाँ र २० लिटर जारको ४७ रुपैयाँ तोकिएको छ । व्यावसायीले भने मनलाग्दी बोतलको पानीको २० देखि ३० रुपैयाँसम्म असुल गर्दै आएका छन् । यस्तै, जारको पानीमा ५० देखि ६० रुपैँया असुल्ने गर्छन् ।

विभागले पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, तापतौल र परिमाणको पानीमा फरक-फरक एमआरपी लगाई बिक्री गरेको जानकारी आएकाले सचेत गराइएकाे जनाएकाे छ ।

पानी उत्पादक कम्पनीहरूले यी मूल्यभन्दा फरक पर्ने गरी होटल/रेस्टुरेन्टसँग सम्झौता गरी बढी मूल्यको एमआरपी राखेको भन्दै विभागले पानी उत्पादक कम्पनीहरूलाई मूल्यमा समानता कायम राख्न सचेत गराएको हो । एमआरपीको नियम पालना नगरे कानुनअनुसार कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।

adb bank long