काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बिहीवार बिहान ११ बजेको लागि बोलाईएको छ। अधिकांश पार्टी मुख्यालय च्यासलमा बस्ने सचिवालय बैठक आज भने सिंहदरबार अगाडी रहेको होटल बसेरामा बस्दै छ ।
मंगलवार रातिको अबिरल बर्षाका कारण ललितपुरको च्यासलस्थित एमाले मुख्यालय रहेको तुल्सीलाल स्मृती भवन डुबानमा परेका कारण आजको बैठक होटलमा बोलाईएको बताईएको छ ।
आज बस्ने बैठकले नेताहरूको कार्यबिभाजन हेरफेर सम्बन्धी निर्णय गर्ने स्रोतको बताएको छ । साथै आजको सचिवालय बैठकले केही केन्द्रीय सदस्य समेत मनोनीत गर्ने बुझिएको छ ।
बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ । यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिएको थियो ।