काठमाडौ । प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरुलाई लाजिम्पाटमा रहेको होटल र्याडिसनमा विभिन्न सेवाहरुमा विशेष छुट दिने सम्झौता भएको छ ।
एक कार्यक्रमकाबीच र्याडिसन होटलका निर्देशक केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुङ्गाना साथै प्रभु बैंकका तर्फबाट बैँकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रबिन्द्र ढकाल र मार्केटिङ्ग म्यानेजर सबिन राणाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
र्याडिसन एक अन्तराष्ट्रिय चेन होटल हो । नेपालमा बिगत दुई दशक भन्दा बढि समय देखि पर्यटकिय तथा अतिथि सत्कार सेवालाई निरन्तर रुपमा टेवा दिईरहेको यो अग्रणि पाँच तारे होटल हो ।
सम्झौता अनुसार प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरु मध्ये खाना, पेस्ट्री सप, स्पाका साथै र्याडिसन होटल काठमाण्डौले संचालन गरेका विभिन्न रेस्टुरेन्टहरु बाट १०५ देखि २०५ सम्म भुक्तानी छुट पाउनेछन् ।
ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्तफ करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय बैंकिङ एवं वित्तीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
साथै, प्रभु बैँक, छोटो समयको अन्तरालमा नै ‘फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४’ अवार्डबाट समेत सम्मानित भएको छ ।