काठमाडौ । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा एक युवकले एयर होस्टेजलाई दुर्व्यवहार गरेका छन् । उनलाई विमानस्थल सुरक्षा पोस्टले पक्राउ गरेको छ ।
मंगलबार त्रिभुवन विमानस्थलबाट ४:५० बजे धनगढीका लागि उडेको जहाज उडेलगत्तै कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का शिवराज ओझाले दुईजना एयरहोस्टेज मध्ये एकलाई जिस्काएका थिए ।
ओझालाई धनगढी विमानस्थलमा उत्रिएसँगै विमानस्थल सुरक्षा पोस्टले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाएको हो ।
सो घटनाको जानकारी पाइलटले धनगढीस्थित नागरिक उड्डयन प्राधिकरणलाई गराएपछि जहाज अवतरण गर्नासाथ प्रहरीले उनलाई पक्राउ गरेको थियो ।