काठमाडौ । गएराती परेको अविरल वर्षाका कारण मनोहरा र बागमती नदीमा आएको बाढीले ललितपुरको च्यासल स्थित एमाले मुख्यालय बसेको पुष्पलाल स्मृति भवन डुबानमा परेको छ।
बाढीले स्मृति भवनको मुख्य गेट भत्काएको छ भने सभाहल क्षेत्र समेत डुबानमा परेको छ । मुख्यालय परिसर जलमग्न भएको छ।