काठमाडौ । गएराती आएको अबिरल बर्षाका कारण काठमाडौं उपत्यकाका अधिकांश स्थानमा पानी जमेको छ । निरन्तरको वर्षाले अनामनगर, घट्टेकुलो, बिजुलीबजार, बबरमहललगायत क्षेत्रका सडक तथा होचा स्थान जलमग्न भएको छ।
त्यसैगरी बागमति, धोबीखोला लगायत उपत्यकाका खोला किनारका आसपास क्षेत्र डुबानमा परेको छ। भक्तपुरको हनुमन्ते खोलामा बाढी बढेको छ, काठमाडौंको बागमति करिडोर क्षेत्रका कतिपय सडकमा पानी जमेको छ।
त्यस्तै बल्खुको तरकारी बजार डुबानमा परेको छ । भने कतिपय तरकारी बोक्ने गाडी समेत डुब्ने र पल्टिने भएका छन् ।