आज यी प्रदेशमा छ भारीदेखि धेरै भारी बर्षाको संभावना, आगामी बिहीवारसम्म भारी वर्षा हुनसक्ने

Telecom

काठमाडौ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदहरूले बताएका छन् । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

जसको प्रभावले आज मंगलवार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौ उपत्यकामा पनि वर्षा भइरहेको छ ।

आज मंगलबार दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी राति देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

पछिल्लो २४ घन्टामा सुनसरीको धरानमा भारी वर्षा भएको छ । त्यहाँ ८२ मिलिमिटर वर्षा भएको छ । इलामको सोक्तिम चिया बगान क्षेत्रमा पनि भारी वर्षा भएको छ । त्यहाँ ७३.६ मिलिमिटर पानी परेको छ । दैलेखको कट्टी केन्द्रमा ५३ मिलिमिटर वर्षा भएको छ । खोटाङको ऐँसेलुखर्कमा ४७.४ मिलिमिटर वर्षा भएको छ ।

यसका साथै आज, भोलि र पर्सि पनि देशका विभिन्न स्थानमा भारी देखि अती भारी वर्षा हुने भएकाले शतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

adb bank long