काठमाडौ । केन्द्रकै मोडेलमा कोशी प्रदेशमा पनि सत्ता भागबण्डाको विषयमा कांग्रेस र एमालेबिच सहमति भएको छ ।
सत्ता साझेदार दल एमाले र कांग्रेसबीच भएको सहमतिअनुसार केन्द्रमा केपी शर्मा ओली प्रधानमन्त्री रहुन्जेल कोशीमा वर्तमान मुख्यमन्त्री हिक्मतबहादुर कार्की नै मुख्यमन्त्री रहने र केन्द्रमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कोशीको मुख्यमन्त्री कांग्रेसले लिनेगरी सहमति भएको छ ।
अहिले भने कांग्रेसले ४ मन्त्री र एक राज्यमन्त्री लिने र एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिने सहमति भएको हो ।
त्यस्तै, बैठकले मुख्यमन्त्री र मन्त्रीका अलावा प्रदेश सभामा रहने संसदीय समितिमा पनि बराबर भागबन्डा गर्ने सहमति गरेको छ । ७ वटा संसदीय समितिमध्ये २ दलले ३/३ वटा लिने र सार्वजनिक लेखा समिति प्रतिपक्षीलाई दिने सहमति भएको छ । सहमति अनुसार अब कांग्रेस पनि छिट्टै सरकारमा जाने भएको छ ।