काठमाडौ। आज आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ ।
गत बिहीवार राती कीर्तिपुर नगरपालिका प्रमुख (मेयर) राजकुमार नकर्मीको निधनप्रति शोक ब्यक्त गर्दै काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
फोरमले शुक्रवार एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी गराएको हो ।
नकर्मी विसं २०२१ असार २० गते जन्मिएका थिए। विकास प्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी विसं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भई नगरप्रमुख एवं काठमाडाैं उपत्यका मेयर्स फोरमका सक्रिय सदस्यको भूमिकामा रहेका थिए।