बुटवल । भर्खरै मात्र ब्यबस्थापन संकाय (बीबीए) तर्फको रिजल्ट प्रकाशन भएको छ । बिगत चार बर्षदेखि बुटवल बहुमुखी क्याम्पसले बीबीए तर्फको कक्षा संचालन गर्दै आएको छ । यश क्याम्पसमा अध्यायनरत तृप्ती न्यौपानेले यश बर्षको चौथो सेमेष्टरमा प्रथम स्थान हासिल गरेकी छन् । यसै वरिपरि रहेर न्यौपानेसंग गरेको कुराकानीको केही संपादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
तपाईं आफ्नो परिचय कसरी दिन चाहानुहुन्छ ?
मेरो नाम तृप्ती न्यौपाने हो । स्थायी घर गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वडा नम्बर ४ दिगाम हो । हाल म यही बुटवल उपमहानगरपालिका वडा नम्बर ४ मा बस्दछु ।
भर्खरै मात्र तपाईं कलेज टपर हुनु भएको छ कस्तो लागिरहेको छ ?
एकदमै खुशी छु । यो रिजल्टले अझ बढी हौसला बढेको छ । अझ राम्ररी पढ्ने र आगामी सेमेष्टरमा पनि यसैगरी सफलता हात पार्न मन लागिरहेको छ ।
तपाईले बीबीए अगाडीको अध्यायन कहाँ गर्नु भयो ?
मैले एसईई सम्मको अध्यायन एभरेष्ट बोर्डिङ स्कुल सूख्खानगर बुटवलमा गरे भने न्यू होराईजन कलेज ड्राईभरटोलबाट प्लस टु गरेकी हुँ ।
प्राईभेट कलेज पढेकी तपाईं यसरी सरकारी क्याम्पसमा आउनुको कारण के होला ?
म पहिले देखि बीबीए पढ्ने मनस्थितिमा थिए । नेपालमा अन्य विश्वबिद्यालय भन्दा त्रिभुवन विश्वविद्यालय (टियु) को सर्टिफिकेटको महत्व बढी रहेको पाएं । त्यसपछि म बुटवलमा संचालित टियुको सम्बन्धन प्राप्त कलेजको खोजीमा लागे । तत्कालित समयमा यश बुटवल बहुमुखी क्याम्पस बाहेक अन्त कतैपनि बीबीए पढाइ नहुने भएपछि मैले यही कलेजमा भर्ना हुने निर्णय गरे ।
त्यसपछि यश क्याम्पसको बिषयमा खोजी गर्न थाले । यश क्याम्पसको सौहार्दपुर्ण वातावरणमा हुने पढाई, बिज्ञ लेक्चरर(अधिकांश पीएचडी होल्डरहरू रहेको), अत्याधुनिक ल्याब र प्रोजेक्टरको माध्यमबाट पढाईहुने थाहा पाए । अनि भर्नाको लागि सीम्याट (CMAT) पढेर तयारी गरे ।
तपाईं यहाँ नयाँ भर्ना गर्न आउने भाईबहिनीहरूलाई के भन्न चाहानुहुन्छ ?
यो क्याम्पसमा निकै रमाईको वातावरणमा विज्ञ लेक्चररबाट पढाईहुन्छ । यश क्याम्पसमा कुनै पनि भेदभाव रहदैन सबैलाई समान ब्यबहार गर्ने लेक्चरर र प्रशासक हुनुहुन्छ । यो टियुको सम्बन्धन प्राप्त भएकाले पढिसकेपछि नेपालमै सजिलैसंग जागिर पाईने बिश्वास छ । तपाईहरू पनि यही आउनुस् संगै पढौ अगाडी बढौ ।
अन्त्यमा, तपाईको भबिष्यको योजना के छ ?
मैले भबिष्यमा एउटा राम्रो कम्पनी संचालन गर्ने र देशको बिग्रेको अर्थतन्त्रलाई केही सपोर्ट हुनेगरी काम गर्ने योजना छ । बढ्दो बेरोजगारीलाई केहीहदसम्म भएपनि कम गर्न सकियोस् । भन्ने नै मेरो चाहना छ । मैले यसलाई एउटा सानो भिडियोको रूपमा प्रस्तुत गरेकी पनि छु । सबैले यो भिडियो हेरेर लाईक कमेन्ट र सेयर गरिदिनुहोला ।
भिडियो हेर्न यो लिंक खोल्नुहोस् :-