आज यी ४ प्रदेशमा भारी बर्षाको संभावना

काठमाडौ । अहिले  देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार पनि मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास  नै अवस्थित छ ।

जसको प्रभावले आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका  थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरेको छ । त्यस्तै बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

शनिबार राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई  स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

प्रोटोन एजुकेसन
adb bank long