विमान दुर्घटनामा मृत्यु भएकामध्ये यी ५ जनाको शव आफन्तलाई बुझाईयो

Telecom

काठमाडौ । गत साउन ९ गते बुधवार १८ जनाको ज्यान जानेगरी  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव आफन्तलाई बुझाउन थालिएको छ।

शुक्रबार बिहान शवहरूको पोस्टमार्टम सकिएसँगै पहिचान भएका शवहरू आफन्तलाई बुझाउन थालिएको हो।

आज शुक्रवार ५  जनाको शब आफन्तलाई बुझाईएको छ ।जसमा को–पाइलट सुशान्त कटुवाल, राजाराम आचार्य, उद्धप पुरी, अश्मिन निरौला र श्याम विन्दुकारको शव आफन्तले बुझेका छन्।

मर्मतका लागि पोखरा उडेको विमानमा सवार १९ जनामध्ये  १८ जनाको मृत्यु भएको थियो भने विमानका क्याप्टेन मनीषरत्न शाक्य घाइते भएका थिए। उनको केएमसी अस्पतालमा उपचार भईरहेको छ । हाल उनी खतरामुक्त रहेको अस्पताल प्रशासनले जनाएको छ ।

adb bank long