काठमाडौ । सर्वत्र चासो र चर्चाकारूपमा हेरिएको मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी भएको छ ।
यसअघी नेपाल राष्ट्र बैंकले एकहप्ता अगाडी नै सार्वजनिक गर्ने तयारी गरेपनि अन्तिम समयमा आएर रोकिएको थियो ।
स्रोतका अनुसार प्रधानमन्त्रीका विकास सल्लाहकारको रुपमा गत हप्ताको बिहीबार डा. युवराज खतिवडा आएपछि उनले मौद्रिक नीतिमा थप सुझाव दिने भनेपछि गत शुक्रवारको संचालक समितिको बैठकल नीति पारित नगरी रोकेको बुझिएको छ ।
नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा.डिल्लीराम पोखरेलका अनुसार आज सञ्चालक समितिको बैठक बोलाइएर मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ।
देश चौतर्फी आर्थिक मन्दिको चपेटामा परेको बेला सार्बजनिक हुन लागेको आगामी आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिलाई चासो र चर्चाको रूपमा हेरिएको छ ।