काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा रङ्गशाला निर्माण गर्नको लागि लिजमा जग्गा उपलब्ध गराउने विषयमा छलफल गर्नुभएको छ ।
बिहीबार त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति, रेक्टर र रजिष्टारसँग सो विषयमा छलफल भएको प्रधानमन्त्रीले जानकारी दिनुभएको छ । छलफलमा सिनेट बैठक र ग्रेसलिष्टको विषयमा पनि कुराकानी भएको प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिनुभएको हो ।
‘आज त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिष्टारसँग कीर्तिपुरस्थित क्रिकेट मैदानमा रङ्गशाला निर्माण गर्नको लागि लिजमा जग्गा उपलब्ध गराउने विषयमा छलफल भयो, छलफलमा सिनेट बैठक र ग्रेसलिष्टको विषयमा पनि कुराकानी भयो’, ओलीले सामाजिक सञ्जालमा लेख्नु भएको छ ।