राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी, अन्य ६ सदस्यमा को- को ?

Telecom

काठमाडौ । आज बिहीवार बसेको मन्त्रीपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ । अधिकारीसंगै ६ जना सदस्य पनि नियुक्त भएका छन् । उनी यसअघि आयोगको सदस्य रहेका थिए ।

अधिकारीले थाइल्याण्डको चुलागोंगकोर्न विश्वविद्यालय बैंककबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् । पुष्पकमल दाहाल प्रचण्डको सरकारमा डा. मिन बहादुर श्रेष्ठ आयोगको उपाध्यक्ष थिए । उनले राजिनामा दिएपछि डा. अधिकारीलाई आज बसेको मन्त्रिपरिषदको बैठकले उपाध्यक्षमा नियुक्त गरेको हो ।

अधिकारी त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका पूर्वप्रमुख समेत हुन ।

अधिकारीसंगै आयोगका सदस्यहरुमा डा. आरती बिछार, डा. रमेश प्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई पनि बैठकले नियुक्त गरेको छ ।

प्रोटोन एजुकेसन
adb bank long