काठमाडौ । नेपाल राष्ट्र बैंकले एकहप्ता अगाडी नै सार्वजनिक गर्ने तयारी गरेपनि अन्तिम समयमा आएर रोकिएको आगामी आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति भोलि शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ।
नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा.डिल्लीराम पोखरेलका अनुसार भोलि नै सञ्चालक समितिको बैठक बोलाएर मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ।
यसअघि गत शुक्रबार सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी थियो। त्यसका लागि सञ्चालक समितिको बैठक बसे पनि नीति पारित हुनसकेको थिएन।
स्रोतका अनुसार प्रधानमन्त्रीका विकास सल्लाहकारको रुपमा गत हप्ताको बिहीबार डा. युवराज खतिवडा आएपछि उनले मौद्रिक नीतिमा थप सुझाव दिने भनेपछि गत शुक्रवारको संचालक समितिको बैठकल नीति पारित नगरी रोकेको बुझिएको छ ।