कहिले पाउलान् आफन्तले विमान दुर्घटनामा मृत्यु भएकाको शव ?

Telecom

काठमाडौ । बुधवार काठमाडौदेखि पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान टेकअप गर्न नपाउदै त्रिभुवन बिमानस्थलको हाताभित्रै दुर्घटना भएको थियो । दुर्घटनामा १८ जनाको ज्यान गएको थियो । मृतक सबैको शव फेला परेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण शुरु भएको हो ।

अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले हिजो चार वटा शव परीक्षण गरेर शवको पहिचानको काम शुरु गरिएको जानकारी दिएका छन् ।

उनकाअनुसार एक जनाको शव परीक्षण गर्न चार घण्टा लाग्छ । अस्पतालमा जनशक्ति कम भएकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल, धुलिखेल अस्पताल, पोखराबाट समेत डाक्टरहरु बोलाइएको उनले जानकारी दिए ।

मृतकका आफन्तले उपलब्ध गराएको विवरणअनुसार म्याचिङ गरेर सबै शवको पहिचान ७२ घण्टा (३ दिन) भित्र गर्ने उनले बताए । शव पहिचानका लागि फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया र डीएनए परीक्षण विधि अपनाइन्छ । उनले फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया विधिबाट शव पहिचान नभए अन्तिममा डीएनए विधिबाट शव पहिचान गर्ने बताए । डीएनए विधिबाट शव पहिचान गर्न परेमा कम्तीमा दुई हप्ता लाग्ने उनले जानकारी दिएका छन् ।

यसरी सामान्य परिक्षणबाट शव पहिचान भएमा ३ दिनभित्र शवको परिक्षण सकिने र डीएनए परिक्षण गर्नुपर्ने भएमा १५ दिनसम्म लाग्न सक्ने बुझिएको छ ।

adb bank long