काठमाडौ । आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबाट घाइते भएका क्याप्टेन एम आर शाक्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली केएमसी अस्पताल सिनामंगलमा पुगेका छन् ।
केएमसी पुगेका प्रधानमन्त्रीले घाइते क्याप्टेनका परिवारलाई पनि भेटेका छन् । उनले चिकित्सकसँग क्याप्टेनको स्वास्थ्य अबस्था र उपचारको बारेमा पनि परामर्श गरेका छन् ।
विमान दुर्घटनाको खवर पाएपछि प्रधानमन्त्री दिउँसो बिमानस्थल गएर दुर्घटनास्थलको निरीक्षण समेत गरेका थिए ।
ओलीले दुर्घटना भएसंगै आकस्मिक मन्त्रीपरिषद्को बैठक बोलाएका थिए। बैठकले ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । जसलाई ४५ दिनभित्र प्रतिबेदन बुझाउन भनिएको छ ।