विमान दुर्घटनाको अबस्था बुझ्न प्रधानमन्त्री बिमानस्थल जाँदै

Telecom

काठमाडौ । पोखराका लागि उडेको सौर्य एयरलाइन्सको कलसाइन  ९ एन एएमई विमान दुर्घटना भएपछि सो को अबस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली बिमानस्थल जाँदै छन् ।

आज बिहान ११ बजे काठमाडौबाट पोखराका लागि उडेको विमान धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको थियो ।

सो जहाजमा  चालकदलका २ जना सहित १९ जना यात्रु रहेको एयरलाइन्सले जनाएको छ ।

विमानका क्याप्टेन ३७ बर्षीय मनिष शाक्य बाहेक अरू सबै १८ जनाको मृत्यु भएको छ । क्याप्टेन शाक्यको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भईरहेको छ ।

प्रधानमन्त्री ओलीले नागरिक उड्ययन प्राधिकरणका सम्बन्धित अधिकारीलाई पनि बिमानस्थलमा बोलाएका छन्।

adb bank long