सौर्य एयरलाइन्सको विमान दुर्घटना : ४ जनाको शव निकालियो, अन्य बिबरण आउन बांकी

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाड्नासाथ सौर्य एयरलाइन्सको कलसाइन  ९ एन एएमई विमान दुर्घटना भएको छ । जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ । दुर्घटनाग्रस्त जहाज पोखराका लागि उडेको थियो ।

प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ ।

विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्‍याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले जानकारी दिएका छन् । सुरक्षाकर्मी र विमानस्थलका फायर फाइटरहरु आगो निभाउन लागि परेका छन् ।

प्रोटोन एजुकेसन
adb bank long