लुम्बिनीका मुख्यमन्त्रीसंगै एमालेका यी ४ मन्त्रीले पनि आजै शपथ लिने तयारी

Telecom

बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज शपथ लिने तयारी गरेका छन् । उनीसंगै नेकपा एमालेका चार मन्त्रीले पनि शपथ लिने बुझिएको छ ।

मन्त्रालयको बिषयमा काङ्ग्रेसशघ छलफल जारी रहेको र शपथसम्ममा मन्त्रालय पनि टुङ्गाउनेगरी अगाडी बढेको लुम्बिनी एमाले प्रमुख सचेतक तुलसी चौधरीले बताएका छन् ।

एमालेबाट आज भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु मगर र सीता शर्मा चौधरीले मन्त्रीको शपथ लिनेछन् ।

संभव भएसम्म शपथसम्ममा दुवै दलका मन्त्रीहरूको नाम र मन्त्रालय टुङ्गो लाग्नेगरी तयारी गरिरहेको सचेतक चौधरीले बताएका छन ।

काङ्ग्रेसका २७ जना र एमालेका २९ जना सांसदसहित ५६ जनाको समर्थनमा लुम्बिनी एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य सोमवार मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री हुनुपर्ने भएपनि उपनेताले बाजी मारेपछि लुम्बिनीमा एक किसिमको बहस सुरू भएको बुझिएको छ ।

adb bank long