बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त, तामाङ समुदायले पायो पहिलो मुख्यमन्त्री

Telecom

काठमाडौ । नेकपा एमालेका २७ सांसदसहित ६४ सांसदको समर्थनमा दावी पेश गरेका नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामा बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम गत साउन ६ गते आइतवार सरकार गठनका लागि (२ दिन) आज साँझ ५ बजेसम्मको समय तोकेर दाबी पेस गर्न आह्वान गरेका थिए ।

नवनियुक्त मुख्यमन्त्री लामाको सपथग्रहण कार्यक्रम भोलि बिहान ११ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।  भोलि नै मुख्यमन्त्री लामाले कांग्रेसबाट सात र एमालेका छ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको बुझिएको छ ।

लामाको नियुक्तिसंगै देशमा पहिलोपटक तामाङ समुदायले मुख्यमन्त्री पाउने भएका छन्।

प्रोटोन एजुकेसन
adb bank long