आज साउनको पहिलो सोमवार पशुपतिनाथ लगायतका शिवालयमा भक्तजनको घुईँचो

Telecom

काठमाडौ । आज साउन ७ गते सोमवार अर्थात् साउनको पहिलो सोमबार । आज काठमडौको पशुपतिनाथ गायतका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

काठमाडौमा गएराति देखि परेको झरीलाई पर्वाह नगरी श्रद्धालु भक्तजनरू पशुपतिनाथको दर्शन गर्न आईरहेका छन्। झरीपरेका कारण अधिकांश भक्तजनले छाता ओढेेका थिए भने कतिपय पानीमा भिज्दै लाईन बसेका देखिन्थे ।

साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ। यस अवसरमा विशेष गरी महिला भक्तजनको शिवालयहरुमा भीड लाग्ने गर्छ। साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य वर पाउने धार्मिक विश्वास छ।

adb bank long