आज पहिलोपटक प्रधानमन्त्रीसंग सांसदको प्रश्नोत्तर कार्यक्रम हुँदै

Telecom

काठमाडौ । आइतवार संसदबाट बिश्वासको मत लिएसंगै आज सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूसंग पहिलोपटक प्रत्यक्षरूपमा प्रश्नोत्तर (सवालजवाफ) कार्यक्रम गर्ने भएका छन्।

जसका लागि आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ । प्रतिनिधिसभा निमयावली बमोजिम उक्त कार्यक्रम तय भएको हो ।
नियमवालीमा प्रत्येक महिना प्रश्नोत्तरको कार्यक्रम हुने उल्लेख छ ।

आजको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले राष्ट्रियसभामा उत्पति भएको विधायनसम्बन्धी विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।

त्यसैगरी आज बेलुका ६ बजे मन्त्री परिषद बैठक बस्ने पनि बताईएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बस्ने उक्त बैठकमा पॐरधानमन्त्रीले  मन्त्रीहरूसंग मन्त्रालयको ब्रिफिङ र प्रगती बिबरण माग्ने बुझिएको छ ।

adb bank long