फिस्लिङमा पहिरो जाँदा मुग्लिन हुँदै काठमाडौ जाने बाटो बन्द

Telecom

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका अन्तर्गत पर्ने फिस्लिङमा पहिरो खस्दा मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरुपमा अबरुद्ध भएको छ ।

आज सोमवार बिहान बिहान ४ बजेतिर लेदो माटोसहितको पहिरो खसेकाले दुईतर्फी नै सडक अवरुद्ध भएको बुझिएको हो ।

सडक खुलाउने कार्य भइरहेको छ । सबै पहिरो पन्छाएर बाटो खुलाउन अझै करिब एक–दुई घण्टा लाग्ने अनुमान छ । बाटो बन्द भएपछि सवारी साधनहरुको लामो लाइन लागेको छ ।

१० बजेसम्म पहिरो पछ्याएर सडक खुुलाउने अनुमान गरिएको छ ।

adb bank long