कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज राती भिषण पानी पर्ने भन्दै गृह मन्त्रालय र बिपद् ब्यबस्थापन महाशाखाले जानकारी गराएको हुँदा नदीको तटीय क्षेत्रमा बस्नेलाई शतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ :-
आज राती डोटी जिल्लाको पश्चिमको भू-भाग, वैतडी र डडेल्धुरामा भारी बर्षाको संभावना भएको जानकारी गृह मन्त्रालय, बिपद् ब्यबस्थापन महाशाखा, सिंहदरबार काठमाडौबाट प्राप्त हुन आएकाले भीमदत्त नगरपालिकाका वडा नम्बर ३, ७, ९, ११, १२, १३ लगायत बह्यदेब बजार साथै महाकाली नदीको किनार र तटीय क्षेत्रमा बस्ने जिल्लाबासी महानुभावहरूले उच्च शतर्कता अपनाउनु होला ।