यता प्रधानमन्त्रीले संसदमा बिश्वासको मत लिने तयारी गर्दा सर्बोच्चमा नियुक्ति बिरूद्धको रिटमा सुनुवाई हुँदै !

Telecom

काठमाडौ। यता प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट बिश्वासको मत लिने तयारी गरिरहेका बेला सर्बोच्चमा भने प्रधानमन्त्री नियुक्तिविरुद्धको रिटमाथि सुनुवाई हुँदैछ।

सो रिटको सुनुवाईका लागि सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा पेशी तोकिएको छ।

प्रधानमन्त्रीको ओलीको नियुक्ति बदरको माग गर्दै गत असार ३१ गते अधिवक्तात्रय खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले सर्वोच्चमा रिट दायर गरेका हुन्।

रिटमा संविधानको धारा ७६ को उपधारा २ को गलत प्रयोग गरी प्रधानमन्त्रीको नियुक्ति गरिएको र सो नियुक्ति बदर गरी संविधानको धारा ७६ उपधारा ३ को प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेशसहितको परमादेश माग गरिएको छ।

नेपाली कांग्रेस र एमालेको समर्थनमा एमाले अध्यक्षसमेत रहेका ओली असार ३१ गते प्रधानमन्त्री नियुक्त भएका थिए । उनले आजै प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।

adb bank long