बागमती र लुम्बिनी साट्ने गाईगुई चलेका बेला बागमतीको मुख्यमन्त्रीमा दावी पेश गर्ने काङ्ग्रेस नेता लामाको तयारी

Telecom

काठमाडौ । गत असार १७ गते मध्यरातमा भएको नेपाली काङ्ग्रेस र नेकपा एमालेबिचको सहमतीले मुर्त रूप लिने क्रम जारी छ । सहमती अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई पदमुक्तगरी एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न दुई दल सफल भएका छन् ।

१७ गतेको सहमती सार्वजनिक नभएपनि केन्द्रमा फेरिएको राजनीतिक समिकरण अनुसार प्रदेशको नेतृत्वका बिषयमा पनि भागबण्डा भएको बुझिएको छ । उच्च राजनीतिक स्रोतका अनुसार कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने र बागमती, गण्डकी र सुदूरपश्चिमको नेतृत्व काङ्ग्रेसले गर्ने बाकी मधेश प्रदेशको नेतृत्व केन्द्रको सरकारलाई सघाउने मधेशी दललाई दिने भन्ने सहमती भएको थियो ।


यही सहमती र छलफल अनुसार बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले दाबी पेस गर्ने तयारी गरेका छन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरिसकेको नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कांग्रेस संसदीय दलका नेता लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गरेको हो । ‘दुई दलबीच पहिला नै मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्ने सहमति भइसकेको छ’, लामाले भने, ‘कांग्रेस संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्रीका लागि मेरो दाबी पेस हुन्छ, हाम्रो पार्टीभित्र मुख्यमन्त्रीका लागि कुनै विवाद छैन ।’

यसरी यता लामाले केन्द्रको आदेश पर्खेर बसेको अबस्थामा भने केन्द्रमा बागमती एमाले र लुम्बिनी काङ्ग्रेसले लिने गरि (साट्नेगरी) पुन दुईदलका नेताले सहमती गरेको भन्ने गाईगुंई चलेको छ ।

यही गाईगुईको चियो गर्न गत साता एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता एबं लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीका दाबेदार लिला गिरी काठमाडौ आएर फर्केको बुझिएको छ ।

हुनत: यो बिषयको छिनोफानो आज आइतवार हुने नै छ । आज बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभाबाट विश्वास लिन लागेका छन् । विश्वासको मतका लागि आज दिउँसो १ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ । बिश्वासको मत नपाएसंगै आज नै सरकार गठनको आब्हान हुने छ र त्यतिबेला केन्द्रले पनि निर्देशन दिने नै छ । जसले कुरा क्लियर गर्ने छ ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलमध्ये कांग्रेस, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।

कुल एक सय १० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का २१, राप्रपाका १२, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को ७, नेमकिपाका ३ र हाम्रो नेपाल पार्टीका २ जना प्रदेशसभा सदस्य छन् ।
यसरी प्रदेशसभाका तीन दलले विश्वासको मत नदिने भएपछि मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको प्रदेश सरकार परिवर्तन हुने निश्चित जस्तै छ ।

मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न असफल भएपछि कांग्रेस–एमाले गठबन्धको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी भएको कांग्रेस संसदीय दलका नेता लामाले जानकारी दिए ।

कांग्रेसभित्र संसदीय दलका नेता लामा र इन्द्रबहादुर बानियाँबीच सरकारको नेतृत्वलाई लिएर विवाद छ । केन्द्रबाट हस्तक्षेप नभए वा दलको नेता परिवर्तन नभएको खण्डमा लामा नै मुख्यमन्त्री बन्ने सम्भावना बलियो रहेको कांग्रेसका प्रदेशसभा सदस्यहरूले बताएका छन् ।

तर यही लामा र बानिँयाबीचको टसलमा पर्न नचाहेका काङ्ग्रेश सभापति शेरबहादुर देउवाले बागमती र लुम्बिनी साटे भने आश्चर्यमा पर्नुपर्ने छैन ।

adb bank long