उदयपुरमा एमाले प्रवेशको लहर : चौदण्डीगढीमा भुपेन्द्र राईको नेतृत्वमा भित्रिए १६२ नेता कार्यकर्ता

Telecom

उदयपुर । पछिल्लो समय उदयपुरमा नेकपा एमाले प्रवेश गर्नेको लहर चलेको छ । मुलुकको समृद्धि र राष्ट्रियताको जगेर्ना एमालेले मात्रै गर्न सक्ने भएको भन्दै समाजमा स्थापित नेता कार्यकर्ताहरु धमाधम एमाले प्रवेश गर्न थालेका हुन ।

यही क्रममा चौदण्डीगढी नगरपालिकामा जनता समाजवादी पार्टीका नेता भुपेन्द्र राईको नेतृत्वमा ठुलो संख्यामा बिभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नुभएको छ । शनिवार मात्रै राईको नेतृत्वमा १६२ जना नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको हो । कोशी प्रदेशका मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्कीले नवप्रवेसीहरुलाई पार्टीमा स्वागत गर्नुभयो ।

चौदण्डीगढी नगरपालिका ४ बसाहामा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा कार्कीले जनता समाजबादी पार्टीका ७७ जना, नेकपा माओवादीका ४७ जना, कांग्रेसबाट १८ जना, राष्ट्रिय स्वतन्त्र पार्टीका १७ जना र नेकपा एकीकृत समाजवादीबाट ३ जनालाई एमालेमा स्वागत गर्नुभएको हो । आजको कार्यक्रममा नेता कायकर्ता मात्रै १६२ जना एमाले भित्रिएको एमाले चौदण्डीगढी नगर अध्यक्ष विकास बन्जाराले जानकारी दिनुभयो ।

पार्टी प्रवेश कार्यक्रम पश्चात मन्तव्य राख्दै नेता भुपेन्द्र राईले आफूहरुले १२ बर्षे राजनीतिक जीवन ठूला नेताको भूलभुलैयामा लागेर खेर फालेको भन्दै अव बिगतमा निर्माण गरेको पार्टी एमालेमा पुनः जोडिएको भन्दै खुशी ब्यक्त गर्नुभयो । उहाँले मुलका सबैखाले समस्याको समाधान एमालेले मात्र गर्न सक्ने भएका कारण पनि आफूहरु पुनः एमालेमै फर्किन बाध्य भएको राईको भनाई छ ।

पार्टीमा नव प्रवेशीहरुलाई स्वागत गर्दै मुख्यमन्त्री कार्कीले मुलुकमा स्थिर सरकारको निर्माण गरेर देशमा विकास र समृद्धिको आधार निर्माण गर्न नेकपा एमाले र नेपाली कांग्रेसबीच सहकार्य भएको बताउनु भयो । मुख्यमन्त्री कार्कीले २०७९ को निर्वाचन पश्चात पटक पटक मुलुकमा सरकार बन्ने खेल हुँदा अस्थिरता बढेर गएको भन्दै अस्थिरताका कारण मुलुकलाई ठुलो क्षती पुगेकोले एमालेले आफ्नो मुल प्रतिस्पर्धी पार्टी कांग्रेस भए पनि देशका लागि सहकार्य गरेको प्रष्ट पार्नुभयो ।

उहाँले एमालेले अन्य कुनै पार्टी जस्तो च्याँखे थापेर सरकारमा जाने वा मन्त्री बन्ने खेलमा नलाग्ने भन्दै जनताको मन जितेर जनताको विश्वासले सरकारमा जाने भएको कारण कसैसँग पनि सहकार्य गर्दा मुलुकलाई विकास र समृद्धिमा लैजाने गरी सहकार्य गर्ने बताउनु भयो । आफुहरुले कांग्रेससँग बाकी कार्यकाल सत्ता सहकार्य गरेको भएपनि चुनावमा गठबन्धन नहुने भन्दै दुई पार्टीबीच स्वस्थ प्रतिस्पर्धा हुने बताउनु भयो ।

पार्टी प्रवेश कार्यक्रमा बाल्दै एमाले कोशी प्रदेश कमिटी उपाध्यक्ष टिकाराम चेम्जोङ्गले एमालेका जनप्रतिनिधिले जनअपेक्षित काम गर्ने भएकोले पनि जनतामा एमालेप्रति बिश्वास र भरोसा बढेको बताउनु भयो । उपाध्यक्ष चेम्जोङ्गले चौदण्डीगढी नगरपालिका पनि एमालेले जितेको र यहाँका जनप्रतिनिधिहरुको कार्यशैली र विकासप्रतिको लगावले ठूलो संख्यामा बिभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेसको लहर चलेको बताउनु भयो ।

कार्यक्रमा बोल्दै एमाले उदयपुरका अध्यक्ष भागवत राउतले नवप्रवेशीहरुलाई पार्टीमा उचित जिम्मेवारी दिने बताउदै उदयपुरमा मिसन ८४ सफलतातर्फ उन्मुख बताउनु भयो । अध्यक्ष राउतले आफू पार्टीको जिम्मेवारीमा आएदेखि पार्टी प्रवेसको कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै एमालेलाई २०८४ को चुनावमा लालाकिल्लाका रुपमा स्थापित गरेर छोड्ने अठोट गर्नुभयो ।

कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले एमाले प्रवेशको लहर देख्दा अब आफ्नो पालिकामा प्रतिपक्षीनै नहुने हुनकी भन्ने आभास भएको बताउनु भयो । मेयर लामाले एमाले जनताको पार्टी भएकोले हिजो आफुहरुलाई एउटा बिश्वासले जिम्मेवारी दिनुहुने तमाम जनताको भावना अनुसार आफुले काम गरिरहेको भन्दै पार्टी प्रवेशको लहरले थप जिम्मेवारी थपेको बताउनु भयो ।

कार्यक्रममा एमले पोलिटब्युरो सदस्य मन्जुकुमारी चौधरी, केन्द्रीय सदस्य अम्बिका थापा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । नगर कमिटी अध्यक्ष विकास बन्जाराको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लुङ्गाराज राईल स्वागत गर्नुभएको थियो ।

adb bank long