तनहुँ । तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका वडा नम्बर ५ फलाम डाँडामा चितुवाको आक्रमणबाट एक १३ बर्षीय बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँका १३ वर्षीय सुन्दर अछामी रहेको बुझिएको छ।
बिहीबार साँझ घर नजिकै चितुवाको आक्रमणमा परेका अछामीलाई बन्दीपुर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।
‘साँझको बेला घर नजिकैबाट चितुवाले आक्रमण गरेर लगेछ, थाहा पाउने बित्तिकै जाँदा बालक गम्भीर घाइते अवस्थामा भेटिएका थिए।’- सो वडाका अध्यक्षले बताए । उनको सव अहिले अस्पतालमा राखिएको छ ।