प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिकमा खतिवडा नियुक्त

Telecom

काठमाडौ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा एमाले उपमहासचिव विष्णु रिमाल र आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन्।

आज बिहीबार दिउँसो बसेको दोस्रो मन्त्रिपरिषद् बैठकले मुख्य सल्लाहकारमा उपमहासचिव रिमाल र आर्थिक सल्लाहकारमा डा. खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो। यसअघी शपथ लिएसंगै पहिलो मन्त्रीपरिषद् बैठक बसेको थियो ।

उपमहासचिव रिमाल यसअघिका कार्यकालमा पनि प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार थिए। रिमालले ओली प्रधानमन्त्री हुँदा र नहुँदा पनि सबै राजनीतिक र प्राविधिक कामहरूको व्यवस्थापन गर्दै आएका छन्।

नेपाल राष्ट्र बैंकको गभर्नर र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष समेत भईसकेका खतिवडा २०७४ सालमा बनेको मन्त्रिपरिषद्मा अर्थमन्त्री बनेका थिए। त्यसपछि उनी अमेरिकाका लागि राजदूत पनि नियुक्त भएका थिए । खतिवडा प्रधानमन्त्री ओलीका बिश्वासपात्र मानिन्छन् ।

adb bank long