काठमाडौ। नेपालको राजधानी शहर काठमाडौको प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभागृह परिसर डुबानमा परेको छ । बुधवार रातिको भारी वर्षाका कारण पानीको उचित निकास नहुँदा सभागृह परिसर डुबान भएको हो ।
ठूलो पानी पर्नासाथ परिसर जलमग्न हुने गरेको छ । सभागृहको भुइँतलास्थित मेट्रो एफएमको कार्यालयभित्रै पानी पसेको छ ।
काठमाडौं महानगरपालिका मातहतको सभागृहमा महानगरकै केही कार्यालय पनि छन् । महानगरका ती कार्यालय रहेको भवनमा पनि पानी पसेको छ ।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलको कार्यालय पनि यसअघि यहीँ थियो । हाल मेयर र उपमेयरको कार्यालय कमलादीमा छ ।
यसअघी आफ्नै कार्यालय रहेको र महानगर मातहत नै भएपनि मेयरको ध्यान भने त्यता जान सकेको छैन ।