काठमाडौ। आइतवार प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शपथ आज सोमबार बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली काङ्ग्रेसको समर्थन पाएपछि ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत नपाएपछि सबिधानको धारा ७६(२) अनुसार ओली नेपालको ४५ औँ प्रधानमन्त्रीका रूपमा आफुलाई चौथोपटक उपस्थित गराएका हुन् ।
राष्ट्रपतिले दाबी पेस गर्न आह्वान गरे लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले दलका नेताका हैसियतमा संसद्को बहुमत सदस्यको हस्ताक्षरसहित अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि शुक्रबार नै दाबी पेस गरेका थिए ।