राष्ट्रपतिले गरे ७६(२) अनुसार सरकार गठनको लागि आब्हान, ओली प्रधानमन्त्री बन्ने पक्का

Telecom

काठमाडौ । कामचलाउ भइसकेका प्रधानमन्त्री प्रचण्डले बिश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले लामो कानुनी परामर्शसंगै संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न आब्हान गरेका छन् ।

राष्ट्रपति कार्यालयबाट जारी बिज्ञप्ति अनुसार दावी पेश गर्नका लागि ७२ घन्टा अर्थात् असार ३० गते आइतवार अपरान्ह ५ बजे सम्मको समय दिइएको छ ।

संसद्का दुई ठूला दल काङ्ग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति असार १७ गते नै भइसकेको छ । तर सरकार गठन ७६(२) अनुसार हुने कि ७६(३) भन्ने कुरामा मतभेद भईरहेको थियो ।

अब भने एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने पक्का भएको छ ।कांग्रेस र एमालेले दुई तिहाइभन्दा बढी सांसदको समर्थनमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरिसकेका छन् ।

स्रोतका अनुसार आज बेलुका ९:१५ बजे राष्ट्रपति समक्ष दावी पेश गर्ने तयारी छ ।

adb bank long