राष्ट्रपतिलाई भेटेर सिधै खुमलटार हिँडे प्रचण्ड, संसद सचिवालयबाट पत्र आउनासाथ नयाँ सरकारका लागि आब्हान गर्ने तयारी

काठमाडौ । आज प्रतिनिधि सभाको बैठकमा बिश्वासको मत नपाएसंगै प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भेट्न शीतलनिवास गएका छन् । शितलनिवासमा केहीबेर बसेर दिनभरको राजनीतिक घटनाक्रम र भावी सरकारमा बिषयमा ब्रिफिङ साथै छलफल गरेर प्रचण्ड बालुवाटार नगई खुमलटार गएका छन् ।

प्रचण्ड निस्किनासाथ राष्ट्रपति कानुनी परामर्शमा ब्यस्त छन् । उनले कानुनी परामर्शका लागि कानुनविद्हरूलाई शीतलनिवास बोलाएका छन्। उनले संविधानविद् भीमार्जुन आचार्य, विपिन अधिकारी लगायतका कानुनविद्हरूलाई शीतलनिवास बोलाएको शीतलनिवास स्रोतले जनाएको छ ।

परामर्शका लागि राष्ट्रपतिले वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलाई पनि बोलाएको बुझिएको छ । श्रेष्ठले  ४ बजे शीतलनिवास बोलाएको तर जान नभ्याएको बताएका छन्।

राष्ट्रपतिले संसद सचिवालयबाट प्रचण्डले बिश्वासको मत नपाएको र पदमुक्त भएको पत्र आउनासाथ नयां सरकारका लागि आब्हान गर्ने गरि तयारी गरेको बुझिएको छ ।

adb bank long