त्रिशुलीमा खसेका २ बसका १७ जनाको नाम खुल्यो

Telecom

चितवन । आज बिहान नारायणगढ-मुग्लिन सडक खण्डको सिमतालमा दुईवटा बस खस्दा बेपत्ता भएका अनुमानित ५४ जनामध्ये १७ जना यात्रुको नाम खुलेको छ।

प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आज बिहान दुईवटा वसलाई पहिरोले त्रिशूलीमा खसाउँदा करिब ५४ जना बेपत्ता भएका थिए। यसअघि प्रहरीले करिब ६५ जना त्रिशूलीमा बेपत्ता भएको प्रहरीले जनाएको थियो।

नारायणी नदीमा बेपत्ता २ बसका यात्रु खोज्न सशस्त्रको गोताखोर परिचालन गरिएको छ ।

आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स लेखिएको बागमती प्रदेश ०३-०० १ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै जाँदै गरेको एञ्जल लेखिएको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए।

उक्त बसका धनी, चालक र सहचालक पनि यात्रुसँगै नारायणीमा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा कम्तिमा पनि ६ जना भारतीय रहेका रिजालले बताए। यो बसमा करिब २४ जना रहेको अनुमान प्रहरीले गरेको छ।
त्रिशूलीमा खसेकाे अर्काे बसमा झण्डै ३० जना यात्रु सबार रहेको अनुमान प्रहरीको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अहिले नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले नदीमा बेपत्ताको खोजी थालेका जानकारी दिए।

यी हुन् त्रिशुलीमा बेपत्ता १७ यात्रुहरू :-

adb bank long