प्रचण्डको बहिर्गमनसंगै बन्ने सरकारमा एमालेका ३ र काङ्ग्रेसबाट २ मन्त्रीको नाम लगभग फाइनल, अन्यको खोजी !

Telecom

काठमाडौ । गत असार १७ गते मध्यरातमा नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच नयां सरकार बनाउने सहमती भएसंगै आज संसदबाट प्रधानमन्त्री प्रचण्डले बिश्वासको मत लिंदै छन् । उनले बिश्वासको मत नपाउने ढुक्क छ ।

यसरी प्रचण्डको बहिर्गमनसंगै संभवत आज बेलुका नै नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री नियुक्त हुने स्रोतको दावी छ।

सहमती अनुसार एमालेले प्रधानमन्त्री र अर्थ मन्त्रालयसहित ९ मन्त्रालय पाउने छ भने काङ्ग्रेसले गृहसहित १० मन्त्रालय पाउने छ । यद्यपि साना दलहरू पनि सरकारमा सामेल हुने भनिरहेकाले मन्त्रालय केही कम हुन सक्ने पनि बुझिएको छ ।

उपप्रधानमन्त्रीको पद हटाउने ओलीको डिजाइन अनुसार अब बन्ने सरकारमा बिष्णु पौडेल अर्थमन्त्री बन्ने लगभग पक्का भएको छ ।

यसअघी उपप्धानमन्त्रीको संख्या घटाएर १ जनामात्र राख्नेगरी छलफल भएको थियो तर १ जनामात्र राख्दा यसअघी उपप्रधानमन्त्री बनिसकेकाहरूको बरियता नमिल्ने देखेपछि ओलीले उपप्रधानमन्त्री नै नराख्नेगरी डिजाईन गरेको बुझिएको छ ।

त्यसैगरी बुधवार बसेको एमाले सचिवालय बैठकले मन्त्री छान्दा काविल र युवालाई अबसर दिने भनेसंगै अध्यक्ष ओलीको नजरमा कास्कीकी बिद्या भट्टराई र झापाकी सुनिता बराल परेको बुझिएको छ।

उनीहरूमध्ये भट्टराईलाई शिक्षा मन्त्रालय र बराललाई संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिनेगरी तयारी भएको बुझिएको छ । एमालेका यी ३ जनाले संभवत् ओलीसंगै शपथ लिने छन् ।

यता मन्त्रालय बांडफांडमा परराष्ट्र मन्त्रालय काङ्ग्रेसको भागमा परेमा काङ्ग्रेस सभापति शेरबहादुर देउवा पत्नि आरजु राणालाई परराष्ट्र मन्त्रालयको जिम्मा दिने लगभग पक्का भएको बुझिएको छ ।

उच्च स्रोतका अनुसार मन्त्रालयको सन्दर्भमा यताउता भएपनि यी तीन महिलालाई भने अब बन्ने सरकारमा देख्न पाईने कुरामा दुईमत छैन । बिहीवार काङ्ग्रेसका महामन्त्रीद्वय गगन थापा र बिश्वप्रकाश शर्माले सार्वजनिकरूपमै मन्त्री नबन्ने बताएका छन् । महामन्त्रीद्वयको यो भनाईसंगै प्रकाशमान सिंहको पनि मन्त्री बन्ने लगभग पक्का जस्तै भएको बुझिएको छ ।

योसंगै देउवा र ओली आआफ्नो पार्टीमा सरकारमा पठाउन योग्य र काविल मन्त्रीको खोजी गरिरहेका छन् ।उनीहरूको नजरमा को योग्य र काविल ठहरिने हुन् त्यो भने मन्त्री नियुक्तीसंगै देख्न पाईनेछ ।

adb bank long