पोखरा । अबिरल बर्षाका कारण घर माथिबाट आएको पहिरोले पुरिँदा पोखरामा एकै परिवारका सातजनाको मृत्यु भएको छ।
मृत्यु हुँदा पोखरा माईत आएकी चेेलीका बुढाबुढी समेत परेको प्रहरीले जनाएको छ ।
कास्की प्रहरीका अनुसार पोखरा महानगरपालिका वडा नम्बर १९ पुरुन्चौरका कुलबहादुर परियारको घर गएराति ११ बजे आसपास पुरिएको हो । घर माथिबाट आएको पहिरोले घर पुरिंदा घरसंगै सात जनाको मृत्यु भएको हो।
पहिरोले घर पुरिँदा ४६ वर्षका कुल बहादुर परियार, ४३ वर्षकी मनकुमारी परियार, ८५ वर्षकी लक्ष्मी परियार र १५ वर्षकी प्रसाना परियारको मृत्यु भएको हो।
उक्त पहिरोमा पुरिएर चितवन घर भइ पोखरा माइत आएकी २० वर्षकी प्रभा परियार र उनका श्रीमान् २५ वर्षका पश्मित परियार र अर्की एकजना महिला ५६ वर्षकी राधिका परियारको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
पहिराले पुरिएका अन्य २ जनाको भने उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ।